अष्ट्रेलियाको विपक्षी दलका नेताद्धारा दशैंको शुभकामना

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको विपक्षी दल लेबरले नेपालीको मुख्य पर्व दशैंको अवसरमा शुभकामना ब्यक्त गरेको छ । उक्त दलका नेता बिल सर्टनले बडा दशैं नेपालीको महत्वपूर्ण पर्व भएको बताउँदै सबै नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका हुन् ।

अष्ट्रेलियाको विपक्षी दलका नेताद्धारा दशैंको शुभकामना

अष्ट्रेलियामा नेपाली जनसंख्या बढेसँगै यहाँका प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतले नेपाली पर्वहरुलाई महत्व दिंदै आएका छन् । सोही क्रममा विपक्षी दलका नेता सर्टनले समेत नेपालीहरुलाई नवमीका दिन एक बिज्ञप्ति जारी गर्दै शुभकामना ब्यक्त गरेका हुन् ।

उनले बिज्ञप्तिमा यो पर्व नेपालीहरुका लागि अत्यन्तै महत्वपूर्ण रहेको र यसले परिवार तथा साथीभाईहरुलाई एकआपसमा ल्याउने विश्वास ब्यक्त गरेका छन् । ‘म कामना गर्छु दशैंले सबै परिवारहरुमा सुख शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याउनेछ’ सर्टनले बिज्ञप्तिमा भनेका छन् ।

उनीसँगै उक्त दलकी नेतृ तथा नेपाली समुदायसँग नजिक रहेकी मिसेल रोलेण्डले समेत दशैंको शुभकामना ब्यक्त गरेकी छिन् । उनले समेत दशैंले नेपाली समुदायहरुलाई एकस्थानमा ल्याउने र आफ्नो पर्व धुमधामसँग मनाउने विश्वास ब्यक्त गरेकी छिन् ।

नेपालीहरुको महान पर्व दशैं मनाउनका लागि दक्षिण अष्ट्रेलियामा रहेको संसद भवनमा नेपालीहरुलाई निमन्त्रणा नै गरिएको छ । संसदीय समितिका अध्यक्ष रसल वाट्लीले पठाएको निमन्त्रणामा नेपालीहरुलाई एकआपसमा दशैं मनाउन र टीका थाप्न आग्रह गरिएको छ ।

प्रकाशित : आश्विन १३, २०७४ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?