२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

युवतीको शव फेला

हरिहरसिंह राठौर

धादिङ — धुनिवेशी नगरपालीको वडा नं. ९ त्रिभुवन राजपथबाट करिव ३० मिटर तल अधेरी खोला नजिकै हत्या गरी फालेको अवस्थामा एक युवतीको शव भेला परेको छ ।

युवतीको शव फेला

प्रारम्भिक अनुसन्धान पछि उक्त शव विराटनर महानगरपालीका–५ , प्रसन्न टोल बस्ने ललिता रामको भएको प्रहरीले जनाएको छ । स्थानीय महिला विन्दा केसी विहीवार दिउसो घाँस काट्ने क्रममा शवको अस्थिपञ्जर मात्रको अवस्थामा देखे पछि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले घटनास्थलमा एक थान पस चपल,बसको टिकट र स्टाप नर्सको प्रवेश पत्र भेटे पछि ललिता रामको परिचय खुलेको हो ।

शवको प्रकृति हेर्दा हत्या गरि फालेको हुनसक्ने अनुमान गरिएको र थप अनुसन्धान पछि खुल्ने ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।

प्रकाशित : आश्विन १३, २०७४ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?