कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश

दुईपक्षबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता हुँदै
कमल पन्थी

गुलरिया — बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार बिहानैदेखि स्थानीय दुईपक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन अहिले बिहान १० बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो ।

डिएसपी युवराज खड्काले भने, 'हिजोको विषयलाई लिएर आज बिहानैदेखि दुईपक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा ल्याउनको लागि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु लगाइएको छ ।'

बर्दियाको गुलरिया नगरपालिका-११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । आइतबारको विषयलाई लिएर सोमबार बिहानैदेखि दुवै समूहले प्रदर्शन गरेका थिए ।

आज बिहानदेखि स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर समेत गरेको थियो । डिएसपी खड्काका अनुसार अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहिले गुलरिया-नेपालगञ्ज सडकखण्ड बन्द छ । विस्तृत विवरण आउन बाँकी छ रहेको डिएसपी खड्काले बताए ।

प्रकाशित : आश्विन १६, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?