कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फेरिइन् कुमारी

काठमाडौं — गणतन्त्र नेपालकी पहिलो कुमारी १२ वर्षीया मतिना शाक्य ९ वर्षपछि बिहीबार इटुबहालस्थित आफ्नै घर फर्किइन् । उनलाई बडादसैंको महाअष्टमीका दिन ओमबहाल, विश्वकर्म महाविहारकी साढे ३ वर्षीया तृष्णा शाक्य (ठूलो तस्बिरको बीचमा) ले प्रतिस्थापन गरेकी हुन् ।

फेरिइन् कुमारी

१२:०२ बजेको साइतमा मतिनालाई बिदाइ गरी तृष्णालाई नयाँ कुमारीका रुपमा भित्र्याइयो । राजकीय परम्परा र विधिअनुसार कुमारी परिवर्तन गरिएकै राति तृष्णा तलेजु मन्दिरमा हुने परम्परागत भवानीपूजामा सहभागी भइन् ।

मतिना सरकारले व्यवस्था मिलाइदिएको भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन् । स्कुलले कुमारी घरमै पढाउने व्यवस्था मिलाएको थियो । अब भने स्कुल नै पठाउने मतिनाका बुबा प्रतापमान शाक्यले बताए । दसैंपछि नेवारी परम्पराअनुसार मतिनको बेल विवाह (ईही:) गरिदिने र तिहारपछि गुफा राख्ने उनको योजना छ । 

 

प्रकाशित : आश्विन १७, २०७४ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?