कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले मोटरसाइकल पुरिँदा तीन घाइते

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बीचमा रहेको हेडबक्स नजिकै पहिरोपछि खसेको ढुंगाले बुधबार सवारीसाधनमा लाग्दा तीन जना घाइते भएका छन् ।

पहिरोले मोटरसाइकल पुरिँदा तीन घाइते

जिल्ला ट्राफिक प्रहरीका अनुसार, ढुंगाले लागेर लु १७ प १८७३ नम्बरको मोटरसाइकल चालक रुपन्देही बुटवलका २६ वर्षिय रेमबहादुर घिमिरे र मोटरसाइकलमा पछाडि बसेकी बुटवलकै नमिता न्यौपाने घाइते भएका छन् ।

यस्तै गुडिरहेको बा १५ च ७५१४ नम्बरको स्कारपियो जीपमा ढुंगाले लाग्दा रुपन्देही सैनामैना-५ की २१ वर्षीय रिमा घिमिरे सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ११ बजेदेखि राजमार्ग बन्द हुने भएपछि बिहानमा यस सडकमा सवारीको चाप बढेको थियो ।

प्रकाशित : आश्विन १८, २०७४ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?