स्याङ्जाबाट कांग्रेस र माओवादीको उम्मेदवार सिफारिस, एमाले अन्यौलमै

गाउँ, नगर र वडामा हारेकासमेत परे
प्रतिक्षा काफ्ले

स्याङ्जा — प्रतिनिधि र प्रदेश सभाका लागि कांग्रेस र माओवादी केन्द्रले आकांक्षी उम्मेदवारको नामावली पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ । वडा, गाउँ, नगर र क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्लाका २ प्रतिनिधि र ४ प्रदेशका लागि नामावली सिफारिस गरेको हो । प्रतिनिधि सभामा क्षेत्र नं. १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सांसद राजु थापा र सांसद धनराज गुरुङको नाम सिफारिसमा परेको छ ।

स्याङ्जाबाट कांग्रेस र माओवादीको उम्मेदवार सिफारिस, एमाले अन्यौलमै

थापाले गत संविधान सभाको निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाटै प्रत्यक्ष चुनाव जितेका थिए । क्षेत्र नं २ मा सांसद कमलप्रसाद पंगनी, उद्योगी खुमाप्रसाद अर्याल, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र भोजराज अर्याल छन् ।

मन्त्री श्रेष्ठको स्थाई ठेगाना क्षेत्र नं. १ पुतलीबजार नगरपालिका–१ मा भएपनि उनी क्षेत्र नं. मा लोकप्रिय छन् । विकास निर्माणलगायतको काम उनको पहिलो प्राथमिकता त्यही क्षेत्र पर्ने गर्दछ । पंगेनी पनि निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । भोजराज भने वालिङ नगरका पूर्व मेयर हुन् ।

यसैगरी क्षेत्र नं १ को प्रदेश क मा भरतप्रसाद लम्साल, देवी अर्याल र मेखलाल श्रेष्ठको नाम सिफारिस गरिएको छ । लम्साल स्याङ्जा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पनि हुन् । त्यस्तैगरी क्षेत्र नं १ को ख मा प्रेमराज पौडेल, तुलसी गिरी र कुमार रानासहित सामान्य कार्यकर्ताहरुको समेत नाम सिफारिस गरिएको छ । राना जिल्ला सचिव, पौडेल कोषाध्यक्ष र गिरी अधिवक्त हुन् । क्षेत्र नं २ को क मा खगेन्द्रराज रेग्मी, सरस्वती तिवारी र विष्णु पौडेलको नाम सिफारिस गरिएको छ २ कै ख मा भगवतप्रकाश मल्ल, गुरु भट्टराई र युवराज पाण्डे रहेका छन । मल्ल तरुण दलका जिल्ला अध्यक्ष हुन् ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा नगर, गाउँ र वडामा समेत पराजित भएका केहीको नामसमेत प्रतिनिधि सभाको समानुपातिक, प्रादेशिक सभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको छ । उम्मेदवार छनौटको मापदण्ड बनाउन नसक्दा सामान्य कार्यकर्तादेखि लामोसमय पार्टीमा संघर्ष गरेका त्यागी नेताको एकमुष्ठ सिफारिस गरिएको हो ।

माओवादी केन्द्रले प्रतिनिधि सभामा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ शैलेन्द्र घिमिरे, अमृता थापामगर र भुवानीप्रसाद ढकालको नाम सिफारिस गरेको छ । घिमिरे जिल्ला इन्चार्ज, थापामगर पूर्व सांसद र ढकाल पूर्व प्रधानाध्यापक हुन् । त्यस्तैगरी क्षेत्र नम्बर २ को लागि प्रत्यक्षतर्फ सुर्यप्रसाद गैह्रे र प्रकाश न्यौपानेको नाम पठाएको छ । क्षेत्र नं १ को प्रदेश सभाका लागि क मा परशुराम भण्डारी, मेखबहादुर थापा र मुरारी लम्साल परेका छन् भने १ को ख मा शिव पराजुली, हुमबहादुर कुमाल र लोकप्रसाद काफ्ले (अर्जुन) रहेका छन् ।

क्षेत्र नं २ को क मा नित्यानन्द तिवारी, तेज सुवेदी र दयानिधि पौडेलको नाम केन्द्रमा पठाएको छ । २ को ख मा नारायण अधिकारी, पदम विक र शिव पंगेनीको सिफारिस गरिएको छ । त्यसरी नै माओवादी केन्द्रले समानुपातिकतर्फ प्रतिनिधि सभामा दीपक चर्तीमगर, खिमबहादुर विक, गिरधारी कोइराला र धुव्रराज लम्सालको नाम र प्रदेशतर्फ कल्पना अर्याल, रनबहादुर तमु, खिमा पाण्डे, चन्द्रबहादुर थापा, संघ ताम्राकार, ईश्वरी सिग्देल अर्याल, तिलबहादुर गुरुङ र हुसेन अलीको नाम सिफारिसमा परेको छ ।

ने्कपा एमाले भने अझै पनि उम्मेदवारको सिफारिस गरेको छैन । असोज २० गतेभित्र सम्पूर्ण नामावली केन्द्रमा सिफारिस गर्ने बताइएपनि धेरै आकांक्षी हुँदा सहमति नजुटेकाले ढिला भएको बताइएको छ । एमालेले प्रतिनिधि सभाको लागि क्षेत्र नं १ मा प्रा.डा. गणेशमान गुरुङ, नारायण मरासिनी र टेकु नेपालीको नाम सिफारिस गरेको छ भने २ मा पूर्व सांसद पदमा अर्यालको नाम सिफारिस गरेको छ । गुरुङ पनि समानुपातिक सांसद हुन् ।

प्रकाशित : आश्विन १९, २०७४ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?