२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘सिरियल किलर’ ठगुन्ना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ‘सिरियल किलर’ ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो ।

महाशाखाका अनुसार अभियुक्त ठगुन्नामाथि व्यक्ति हत्याका कैयौं उजुरी छन् । उनीमाथि २०६४ मा काठमाडौं बत्तीसपुतली बस्ने मिश्रीमाया श्रेष्ठको हत्या अभियोग, २०६१ मा जबरजस्ती करणी गरेको मुद्दा ललितपुर जिल्ला अदालतमा चल्दै छ भने ०६४ असार १० गते गल्फकोर्समा शंकर अधिकारीलाई गोली हानेको अभियोग पनि छ । त्यस्तै, डाँकासम्बन्धी मुद्दाहरूमा पनि उनीबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन १९, २०७४ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?