कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु, ३० जना भन्दा बढी घाइते

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीको डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको बस मालारानी गाउँपालिका–३ सावडाँडामा दुर्घटना हुँदा दुई जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएकाको सनाखत हुन सकेको छैन । ३० जना भन्दा बढी घाइते भएका छन् ।

अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु, ३० जना भन्दा बढी घाइते

लु १ ख ७५१८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका छन् । घाइतेलाई सन्धिखर्क अस्पतालमा उपचारको लागि ल्याइँदै गरिएको डिएसपी एकनारायण कोइरालाले बताए । 

प्रकाशित : आश्विन २०, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?