कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय समिति बैठक आफ्नो नेतृत्वमा बनाउन लागिएको लोकतान्त्रिक गठबन्धन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड बनाउने विषयमा केन्द्रित छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय समिति बैठक आफ्नो नेतृत्वमा बनाउन लागिएको लोकतान्त्रिक गठबन्धन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड बनाउने विषयमा केन्द्रित छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार छनोट गर्दा अपनाउनु पर्ने मापदण्ड र विधि तय गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भइरहेको बताए । बैठकले उम्मेदवार छनोटको स्पष्ट मापदण्ड र कार्यविधि तय गर्ने जनाउँदै बापपन्थी ध्रुविकरणका विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने उनले बताए । गठबन्धन बनाउन तयार भएका ६ दलले चुनावी तालमेलका लागि बिहीबारदेखि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गृहकार्य थालेका छन् । ती दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने विषयमा गृहकार्य अघि बढेको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महतले कुन जिल्ला कुन पार्टीको प्रभाव कस्तो छ त्यसको आधारमा सिट बाँडफाँड गर्नेगरी तालमेल हुने बताए ।

कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नेपाल लोकतान्त्रिक फोरमले गठबन्धन बनाउन सैद्धान्तिक सहमति जनाइसकेका छन् ।

प्रकाशित : आश्विन २०, २०७४ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?