कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ड्रोनबाट तस्बिर खिच्ने चिनियाँ पर्यटकलाई २५ हजार जरिवाना

आश गुरुङ

लमजुङ — ड्रोन क्यामराको प्रयोगबाट अवैधरुपमा तस्बिर तथा भिडियो खिच्दै गर्दा प्रहरी फन्दामा परेका चिनिया नागरिकलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

हिमाली जिल्ला मनाङको चामेमा गत सोमबार ड्रोन क्यामरामार्फत तस्बिर र भिडियो खिच्दै गर्दा चिनिया नागरिक वाङ झोङदीलाई प्रहरीले पक्रेको थियो ।

ड्रोनबाट तस्बिर खिच्ने चिनियाँ पर्यटकलाई २५ हजार जरिवाना

ड्रोन क्यामराको प्रयोगबाट अवैधरुपमा तस्बिर तथा भिडियो खिच्दै गर्दा प्रहरी फन्दामा परेका चिनिया नागरिकलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

हिमाली जिल्ला मनाङको चामेमा गत सोमबार ड्रोन क्यामरामार्फत तस्बिर र भिडियो खिच्दै गर्दा चिनिया नागरिक वाङ झोङदीलाई प्रहरीले पक्रेको थियो ।

कारबाहीका लागि प्रहरीले उनलाई प्रशासन कार्यालयमा बुझाएको थियो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले ती चिनियाँ नागरिकलाई नागरिक उड्डयन प्राधिकरणले २५ हजार रुपैयाँ जरिवाना गरेको बताए ।
उनका अनुसार ड्रोन क्यामराले खिचिका क्यामराभित्रका भिडियो तथा फोटाका ७ वटा क्लिप्स ‘डिलिट’ गर्न लगाई बरामद गरिएको क्यामरा फिर्ता दिइएको छ ।

चिनियाँ नागरिक एकजना नेपाली गाइड र भरियाको भरमा थोराङ्ला पास गर्न आएका थिए ।
उनीसँग अन्य विदेशी साथी छैनन् । थुनामा राख्ने वा कारबाही गर्ने भन्ने कानुनी आधार नहुँदा उनी प्रहरी नियन्त्रणमा नभई निगरानीमा थिए । उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन ०५३ अनुरुप प्राधिकरणको पत्र अनुसार ड्रोन क्यामरा फिर्ता गरि कागज गर्न लगाएको प्रजिअ पन्तले बताए ।

मनाङ प्रहरीले गत बैशाख पहिलो साता अवैध रुपमा ड्रोन उडाउँदै गर्दा ग्रिस नागरिक पेट्रोस नउसियसलाई चामेको गुम्बा परिसरबाट पक्राउ गरेको थियो । पिसाङ पिक हिमाल आरोहण गर्न आएका उनलाई प्राधिकरणको निर्देशनमा ५ हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको थियो ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पछिल्लो समय ड्रोन क्यामरा ल्याएर अवैध रुपमा भिडियो तथा तस्बिर खिच्ने गरेको गुनासो बढेको छ । प्रहरीले पनि समय–समयमा नियन्त्रणमा लिएर कारबाहीका लागि सिफारिस गर्ने गरेको छ । तर, लुकीचोरी तथा कानुनको अनभिज्ञता देखाउँदै पर्यटकले ड्रोन क्यामरा प्रयोग गरिरहेका छन् ।

सम्बन्धित विभाग वा मन्त्रालयबाट अनुमति लिएरमात्रै ड्रोन क्यामराले तस्बिर तथा भिडियो खिच्न पाउने प्रावधान भएपनि उक्त नियम लागू हुन सकेको छैन ।

प्रकाशित : आश्विन २०, २०७४ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?