कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वामदेव प्युठानबाटै लड्ने

कान्तिपुर संवाददाता

प्युठान — एमाले उपाध्यक्ष वामदेव गौतम प्युठानबाटै चुनाव लड्ने भएका छन् । शुक्रबार बसेको एमाले जिल्ला कमिटीको बैठकले प्युठानबाटै प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

वामदेव प्युठानबाटै लड्ने

बैठकमा जिल्ला पार्टी अध्यक्षले गौतमले यसपालि पनि प्युठान आउने चाहना राखेको जानकारी गराएपछि उनको एकल सिफारिस गरेको सचिवालय सदस्य डिलाराम थापाले बताए । ‘जिल्ला अध्यक्षसँगको टेलिफोन कुराकानीमा गौतमले प्युठान छाडदिनँ भन्नुभएको रहेछ,’ थापाले भने, ‘त्यसैले नाम सिफारिस गरेका हौं ।’
 
बर्दियाबाट निर्वाचन लडदै आएका गौतम २०७० को संविधानसभामा प्युठान १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए । त्यो निर्वाचन र त्यसयताका विभिन्न कार्यक्रमहरूमा उनले जन्म जिल्लामा सधैंका लागि फर्केको बताउँदै आएका छन् । यसपालि गौतमको बर्दिया १ बाट समेत प्रतिनिधिसभामा सिफारिस भएको छ । 

प्रकाशित : आश्विन २१, २०७४ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?