२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रसुवामा चार राजनीतिक दलद्वारा उम्मेदवारको नाम सिफारिस

बलराम घिमिरे

रसुवा — जिल्लाका प्रमुख चार राजनीतिक दलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् ।

रसुवामा चार राजनीतिक दलद्वारा उम्मेदवारको नाम सिफारिस

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले सम्भावित उम्मेदवारको नाम पार्टी केन्द्रीय समितिमा सर्वसम्मत सिफारिस गरिसकेको बताए । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसलले प्रत्यक्षतर्फ मोहन आचार्यको नाम सिफारिस गरेको छ । नेकपा एमालले वर्तमान सांसद जर्नादन ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको नेकपा एमालेका सचिव विजय लामाले बताए । 

माओवादी केन्द्रले माधव लामिछाने र नयाँ शक्ति नेपालले प्रेम तामाङको नाम सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नं. १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ प्रभात तामाङ, नेकपा एमालले पार्टी अध्यक्ष कर्न्याल तामाङ, माओवादी केन्द्रले पासाङ तामाङ र नयाँ शक्ति नेपालले डिल्ली पौडेल, सेरछोवाङ तामाङ र दावासाङबो तामाङको नाम सिफारिस गरेका छन् । 

त्यस्तै प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नं. २ मा नेपाली कांग्रेसलले प्रत्यक्षतर्फ बालचन्द्र पौडेल, जनकजीवन उपाध्याय र लेखनाथ अधिकारीको नाम सिफारिस गरेको छ ।  नेकपा एमालेले केन्द्रिय सदस्य माधव अर्याल, माओवादी केन्द्रले इन्द्र गोतामे र नयाँ शक्ति नेपालले तेम्ब्रेल तामाङको नाम सिफारिस गरेको नयाँ शक्ति नेपाल रसुवाका कार्यकारि सदस्य लक्षिन तितुङले बताए । समानुपातिकतर्फ पनि राजनीतिक दलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरिसकेका छन् ।

प्रकाशित : आश्विन २२, २०७४ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?