१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कांग्रेसका तीन सांसदद्धारा विद्युतीय मुद्रा लागू गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौं — भ्रष्ट्राचार अन्त्यका लागि विद्युतीय मुद्रा प्रणाली लागू गर्न माग राख्दै कांग्रेसका तीन सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव सोमबार व्यवस्थापिका संसदमा दर्ता गराएका छन् ।

कांग्रेसका तीन सांसदद्धारा विद्युतीय मुद्रा लागू गर्न माग

राज्यका सवै निकायमा व्याप्त भ्रष्ट्राचारको अन्त्य गर्ने उपयाको रुपमा नोट मुद्राको प्रचलनलाई विद्यूतीय मुद्राले पूर्णरुपमा प्रतिस्थापना गर्ने विकल्प रहेको उनीहरुले बताएका छन् ।

कांग्रेसका धनराज गुरुङ प्रस्तावक, सांसद बद्री पाण्डे र जीवन परियार समर्थक रहेको प्रस्तावमा विद्युतीय मुद्रा प्रचलनमा ल्याउँदा व्यक्तिको आर्थिक कारवोबार पारदर्शी हुने उल्लेख गरेका छन् ।

उनीहरुले सिक्का वा नोट मुद्राको सट्टा बैंक कारोबारबाट हुने र त्यसले व्यक्तिको तलब, पेन्सन, लाभांश, विदेशबाट पठाएको रकम, ऋण लिएको तथा अन्य आम्दानीको हिसावकिताब विद्युतीय ट्रान्सफर अर्थात क्रेडिट वा डिभिड कार्डको प्रयोग मार्फत हुनेछ । जसले गर्दा प्रत्येक व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने हुँदा कुनै किसिमको भ्रष्टाचारजन्य कार्यको नियन्त्रण भई लोक कल्याणकारी राज्य स्थापना गर्न सकिने विश्वास सांसद त्रयले गरेका छन् ।

‘सरकारलाई दुई बर्षको समयावधि भित्र नेपालमा नोट मुद्रालाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्न आवश्यक निर्देशनका लागि यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौ’ उनीहरुले भनेका छन । 

‘मुलुकमा जबसम्म भ्रष्ट्राचार रोक्न सकिदैन तबसम्म मुलुक समृद्धि तर्फ अघि बढ्न सक्दैन’ जरुरी सार्वजनिक महत्वको प्रस्ताबमा भनिएको छ, ‘मुलुकको समृद्धिको लागि भ्रष्टाचारको जालोलाई जरैदेखि उखेलेर फाल्न आवश्यक छ । यसका लागि नोट मुद्राको प्रचलनलाई विद्युतिय मुद्राले प्रतिस्पथापन गर्नुपर्छ ।’

 

प्रकाशित : आश्विन २२, २०७४ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?