कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सामुदायिक विद्यालयलाई अक्षयकोष

कान्तिपुर संवाददाता

खोटाङ — सरकारी विद्यालयप्रति समाजको विश्वास घट्दै गरेको बेला ओखलढुंगाका एक व्यावसायी युवाले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको सामुदायक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

सामुदायिक विद्यालयलाई अक्षयकोष

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ का मनबहादुर राईले आफ्ना पिता र काकाको नाममा ‘चक्रबहादुर–लेफ्टिनेन्ट जितबहादुर राई स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् । उनले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामटारस्थित दुधकोशी आधारभूत विद्यालय मातहत रहने गरी एक लाख रुपैयाँ रकम विद्यालय व्यवस्थापन समितिलाई आइतबार हस्तान्तरण गरेका छन् । उक्त रकमको वार्षिक व्याजबाट विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये आर्थिक विपन्नलाई सहयोग गरिनेछ ।

त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भबिलाल राई, राष्ट्रगानका रचयिता व्याकुल माइला र नगरप्रमुख इबन राईले संयुक्त रुपमा अक्षयकोषदातालाई सम्मान प्रदान गरेका थिए । माइलाले आफूले सामुदायिक विद्यालयबाट शिक्षा हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै समुदायिक विद्यालय नै सबैको पहुँच पुग्ने भएकाले एकजुट हुनुपर्ने बताए ।

नगरप्रमुख राईले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय तुल्याउन र भौतिक पूर्वाधार सम्पन्न बनाउने नीति तथा कार्ययोजना रहेको बताएका छन् । प्रधानाध्यापक खेचरबहादुर खड्काका अनुसार १ सय ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०३४ सालमा स्थापित यस विद्यालय मध्ये–पहाडी लोकमार्गको दुधकोशी किनारमा रहेको छ । यस भेगमा माझी, कामी, राई, मगर, कार्की समुदाय रहेका छन् ।

प्रकाशित : आश्विन २३, २०७४ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?