कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजविराजमा ९ लाख रुपैयाँ लुटियो

कान्तिपुर संवाददाता

राजविराज — गजेन्द्र चोकमा रहेको राष्ट्रिय बाणिज्य बैकवाट रकम उठाएर सय मिटरको दुरीमा रहेको सनराइज बैकमा रकम जम्म गर्न जाँदै गर्दा राजविराज ९ मलेठका अनवर हुसेनको साढे ९ लाख रुपैयाँ लुटिएको हो ।

सप्तरी सदरमुकाम राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्र गजेन्द्र चोकबाट सोमबार दिउँसो साढे ९ लाख रुपैयाँ लुटिएको छ ।

गजेन्द्र चौकमा २४ सै घण्टा प्रहरीको उपस्थिति हुन्छ ।सप्तरीका एसपी मुकेशकुमार सिंहका अनुसार वाणिज्य बैकवाट रकम लिएर सनराइज बैकतर्फ जादै गरेका बेला हुसेनको घाँटी चिलाएको महसुस भएपछि उनी पैसा भएको ब्याग ट्युबेल नजिक राखेर घाँटी धुन लाग्दा उनको पैसा भएको ब्याग लुटिएको हो । शंकास्पद एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी सिंहले जनाए ।

प्रकाशित : आश्विन २४, २०७४ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?