कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एमाले हिन्द महासागर जस्तो : ओली

कान्तिपुर संवाददाता

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी हिन्द महासगर जस्तो भएको बताएका छन् ।

‘हिन्द महासागरमा विभिन्न नदीहरु मिसिन्छन्,’ हालै भएको वामपन्थी तालमेल इंगित गर्दै ओलीले भने ।

एमाले हिन्द महासागर जस्तो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी हिन्द महासगर जस्तो भएको बताएका छन् ।

‘हिन्द महासागरमा विभिन्न नदीहरु मिसिन्छन्,’ हालै भएको वामपन्थी तालमेल इंगित गर्दै ओलीले भने, ‘तिनिहरु कुनै धमिला होलान्,कुनैमा फोहोर बगेर आएको होला तर महासगरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउछ ।’

प्रवासी नेपाली मञ्च (ओएनएफ)र गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरुसँग बुधबार निजी निवास बालकोटमा भएको भेटमा ओलीले वाम आन्दोलनका विभिन्न पार्टीहरु एक हुँदा शक्ति केन्द्रहरुमा भूकम्प पैदा गरेको बताए । देश बनाउने एमालेको महाअभियानलाई साथ र सहयोग गर्न ओलीले विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरे ।

एमाले नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशीहरु अतालिएको बताए । ‘वाम गठबन्धन देश भित्र भएकाहरुको मात्र हो,’ उनले भने, ‘गैर वामगठबन्धनमा विदेशीहरु पनि सहभागी छन् । त्यस कारण यसको नियत नै स्पष्ट छ ।’

प्रकाशित : आश्विन २५, २०७४ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?