१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सञ्चार मन्त्रीको निर्णय रोक्न सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च अदालतले प्रेस काउन्सिलमा कार्यवाहक अध्यक्ष नियुक्त गर्ने सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सञ्चार मन्त्रीको निर्णय रोक्न सर्वोच्चको आदेश

न्यायाधीश दिपकराज जोशीको इजलासले बुधवार मन्त्री बस्नेतको निर्णय त्रुटिपूर्ण भन्दै कार्यान्वयन रोकेको हो । 

अघिल्लो साता मन्त्रालयले काउन्सिलका सदस्य नवलकिशोर यादवलाई कार्यवाहक अध्यक्ष तोक्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो । बरिष्ठतमका आधारमा त्यसअघि नै किशोर श्रेष्ठ कार्यवाहक भएका थिए । मन्त्रालयलाई कार्यवाहक तोक्ने अधिकार नभएको भन्दै रिट परेको थियो । 

प्रकाशित : आश्विन २५, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?