२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

भूमिसुधार कार्यलय प्रमुख पोखरेल १ लाख घूससहित पक्राउ

अवधेशकुमार झा

राजविराज — सेवाग्राहीसित एकलाख रुपैयाँ घूस लिँदै गर्दा जिल्ला भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाश पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको छ ।

 भूमिसुधार कार्यलय प्रमुख पोखरेल १ लाख घूससहित पक्राउ

मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा सेवाग्राहीसित एक लाख घूस लिँदै गर्दा पोखरेललाई पक्राउ गरिएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रहरी उपरीक्षक किसनसिंह थापाले जानकारी दिए ।
पोखरेलले पछिल्लो एक हप्तादेखि सेवाग्राहीसित मोहियानी जग्गा बाँडफाँटसम्बन्धी विषयमा घूसको रकम माग्दै आएका थिए । पीडितले अख्तियारलाई जानकारी गराएपछि उनलाई बिहीबार घूसको रकम सहित रंगेहात नियन्त्रणमा लिइएको छ । घूसको रकमसहित पक्राउ गरिएका पोखरेललाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइने प्रहरी उपरीक्षक थापाले जनाए ।

प्रकाशित : आश्विन २६, २०७४ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?