राप्रपा काभ्रेले उम्मेदवार सिफारिस गर्‍यो

कान्तिपुर संवाददाता

काभ्रे — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा काभ्रेले उम्मेदवार सिफारिस गर्‍यो

कलाकार रवीन्द्र खड्का प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन् । कमल थापा नेतृत्वको राप्रपा निकट प्रजातान्त्रिक राष्ट्रिय कलाकार संघका केन्द्रीय अध्यक्ष हुन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ का लागि जिल्ला सदस्यहरु दामोदर थापा, शम्भुप्रसाद सापकोटा र नारायणराज उप्रेती सिफारिस भएका छन् । प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ धर्मराज गिरी, प्रदेश क्षेत्र नं २ मा जिल्ला सदस्यहरु कमलबहादुर लामा, शंकरलाल श्रेष्ठ र श्रीदास लामा सिफारिस भएका छन् । श्रीदास लामा रोशी गाउँपालिका वडा नं १ को वडाध्यक्ष समेत हुन् ।

प्रदेशसभा क्षेत्र नं ३ मा कृष्णवीर लामा र क्षेत्र नं ४ मा अनन्तप्रसाद दाहाल, भवनाथ दाहाल र नानीदेवी कुइँकेल सिफारिस भएका छन् । अनन्तप्रसाद दाहाल बनेपा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए । केन्द्रीय सदस्य समेत रहेका पूर्वराज्यमन्त्री सत्यमान लामा प्रतिनिधिसभामा समानुपातिकतर्फ सिफारिस भएका छन् । केन्द्रीय सदस्य उदयसिं मुस्याजु प्रदेशसभा क्षेत्र नं ४ मा र जिल्ला अध्यक्ष टुल्कु लामा प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिकतर्फ सिफारिस भएका छन् । जिल्ला अध्यक्ष टुल्कु लामाले तालमेलबारे केन्द्रीय निर्देशनअनुसार काम गर्ने बताए ।

प्रकाशित : आश्विन २६, २०७४ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?