मौसमी रुघाखोकीले १७ जनाको मृत्यु

काठमाडौं — मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो ।

मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो । महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो । काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो ।

निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउँछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनले आग्रह गरे । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताए । केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन् । डा पुनले एच१एन१ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिनुभयो । बिरामीमा निमोनिया देखिने गरेको छ ।

खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन् । क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए ।

रासस

प्रकाशित : आश्विन २६, २०७४ १६:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तिहारको बेला ढकमक्क फुलेका सयपत्री [फोटोफिचर]

विमल खतिवडा

चितवन — चितवनको भरतपुर महानगरपालिका-७ स्थित उज्वल टोलमा ढकमक्क सयपत्री फूल फुलेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सयपत्री फूल खेती समूहले व्यावसायिक रुपमा फूल लगाएको हो । अहिले विवाह, पूजापाठका लागि माला उनेर बिक्री गर्ने गरिएको भए पनि काग तिहारबाट तिहारका लागि फूल बिक्री गर्ने अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताए ।

३० हजार माला बिक्री गर्ने लक्ष्य भए पनि ४५ हजार माग आएको उनले सुनाए । अहिले सयपत्री फूल ढकमक्क फूलेको छ । फूलको बगैंचाले सबैलाई मोहित बनाउँछ । पहिलो पटक बगैंचा पुग्नेहरु फोटो नखिची फर्कंदैनन् । यसको मुख्य बजार चितवन जिल्ला नै हो । त्यसपछि गोरखा र गैंडाकोट समेत माला र फूल पठाइन्छ । समुहमा २८ जना छन् । डेढ विघा जग्गा भाडामा लिएर फूल लगाइएको छ ।  

प्रकाशित : आश्विन २६, २०७४ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT