३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१८ केजी सुन तस्करी : तस्करीमा संलग्न एकको हत्या

जनकराज सापकोटा

काठमाडौं — नागार्जुन नगरपालिका वडा नम्बर ३ मा फेला परेको एक व्यक्तिको शवको अनुसन्धानमा जुटेको प्रहरीले उक्त हत्या सुन तस्करीका कारण भएको तथ्य फेला पारेको छ ।

१८ केजी सुन तस्करी : तस्करीमा संलग्न एकको हत्या

१६ असोजमा महानगरिय अपराध महाशाखाले रसुवा पार्वतीकुण्ड नगरपालिका ३ स्थायी घर भएका गगन लामाको शव फेल पारेको थियो । जसके दाहिने पट्टी ढाडमा छुरी प्रहार गरिएको थियो ।

धारिलो हतियार प्रयोग गरी भएको गगनको हत्याको अन्तर्यमा भने रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राइएको १८ केजी अवैध सुनको ओसारपसारसँग जोडिएको देखिन्छ । गत असार २ गत चिनियाँ नागरिक वोई र तेन्जिङले रसुवा गोसाईकुण्ड गाउँपालिका १ का लाक्पा ग्यालजेन तामाङलाई १८ केजी सुन काठमाडौं पुऱ्याउने जिम्मा दिएका थिए । ग्यालेजने भने आफूले पाएको जिम्मेवारी फूपुको छोरा किर्ती भन्ने छिरिङ तामाङ, लिङजो भन्ने पासाङ तामाङ र गगन लामालाई सुम्पेका थिए ।

सुन लिएर काठमाडौं आएका तीनमध्ये सुन बोकेका गगन लामा आफ्ना साथीहरुको सम्पर्क बाहिर रहे । सुटुक्क हिंडेका गगनले १८ मध्ये १० केजी सुन काठमाडौंमा ल्याएर सुन लिने भनिएका व्यक्तिलाई नै दिए । बाँकी रहेको ८ केजी सुन भने गगनले आफैसँग राखे र गुण्डाहरुले लुटेर लगेको बताए ।

सुन धनी र अन्य साथीहरुले निरन्तर पिछा गरेपछि लामाले २ केजी सुन भने सुन धनी तेन्जिङलाई नै फिर्ता गरे । बाँकी ६ केजी सुन दिने भनिएको व्यक्तिलाई पनि नदिएपछि र सम्पर्क बाहिर बसेपछि सुन पुऱ्याउने जिम्मा पाएकाहरुले नै लामाको हत्या गरेको निश्कर्ष प्रहरीले निकालेको छ । 

प्रहरीले लामाको हत्या अभियोगमा रसुवा घर भएका लाक्पा तामाङ, रसुवा गोसाईकुण्डका लाक्पा ग्यालजेन, किर्ती भन्ने छिरिङ लामा, सविन थोकर र सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका ९ घर भएका प्रकाश शाक्यलाई पक्राउ गरेको छ ।

प्रकाशित : आश्विन २६, २०७४ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?