कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

डा. केसीको सभामुखलाई अपिल–‘विशेषाधिकार प्रयोग गरी विधेयक पेश गर्नुस्’

कान्तिपुर संवाददाता

काठमाडौं — आमरण अनसन बसेको ८ औं दिन बिहीबार डा. गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै सभामुख ओनसरी घर्तीलाई सार्वजनिक अपिल गरेका छन् । उनले सभामुख घर्तीले विशेषाधिकार प्रयोग गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने धारणा राखे ।

डा. केसीको सभामुखलाई अपिल–‘विशेषाधिकार प्रयोग गरी विधेयक पेश गर्नुस्’

‘तपार्इंले जनताको लागि काम गर्ने हो । कुनै नेता वा व्यक्तिको लागि होइन’, डा. केसीले भने,‘आम नेपालीको स्वास्थ्य स्तर उकास्न विधेयक विशेषाधिकार प्रयोग गरी संसदमा प्रस्तुत गर्नुहोस् ।’

उनले माथेमा प्रतिवेदनको भावना अनुरुप चिकित्सा शिक्षा विधेयक पास नगरे अहिलेसम्मको सबै उपलब्धी गुम्ने खतरा रहेको बताए ।

डा. केसीले ठूला पार्टीका शिर्ष नेताहरुसमेत यसविरुद्ध लागेको बताए । उनले रणनीतिक रुपमा चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत नगर्ने खेलमा ठूला राजनीतिक दलले साथ दिएको आरोप लगाए ।

प्रकाशित : आश्विन २६, २०७४ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?