गौचन हत्या काण्ड : आरोपीको स्केच तयार

हत्यामा चार जनाको समुह खटिएको अाशंका
कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको खोजीमा जुटेको प्रहरीले केही प्रारम्भिक तथ्य फेला पारेको छ ।

गौचन हत्या काण्ड : आरोपीको स्केच तयार

अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार पारेको छ । प्रहरीका अनुसार उक्त स्केचका आधारमा सम्भावित अभियुक्तहरूको पक्राउ गर्न सजिलो हुनेछ । 

उच्च प्रहरी स्रोतका अनुसार गौचनको हत्यामा चार जनाको समुह खटिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीका अनुसार योजनाबद्ध र लामो तयारीका साथ गौचनको हत्या गरेको देखिन्छ । प्रहरी स्रोतका अनुसार हत्या अघि उक्त समूहमा रहेका चार जनाले भिमसेनगोला र प्रयाग मार्गमा बसेर योजनाको अन्तिम तयारी गरेको देखिन्छ । प्रहरीले उक्त घटनामा नाइन एमएमको पेस्तोल प्रयोग भएको समेत बताएको छ ।  

घटनामाथी अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । उक्त टोलीमा केन्द्रिय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरिय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्सपेक्टर छन् । 

प्रकाशित : आश्विन २६, २०७४ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?