२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

समानुपातिक नाम पेस गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — एमाले स्थायी समिति बैठकले आगामी चुनावका लागि समानुपातिक सूचीका लागि सिफारिस भएका नामहरू व्यवस्थित ढंगले पेस गर्न सम्बन्धित मोर्चालाई निर्देशन दिएको छ ।

अध्यक्ष केपी ओलीको अध्यक्षतामा बिहीबार बसेको बैठकले सम्बन्धित प्रदेश कमिटी र जनसंगठनलाई ती नाम व्यवस्थित गरी शुक्रबार पेस गर्न निर्देशन दिएको हो । 
बैठकमा निर्वाचन क्षेत्र बाँडफाँट र घोषणापत्र निर्माण कार्यदलको प्रगति विवरणमा समेत छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । मातहत कमिटीले समानुपातिकका लागि अनपेक्षित बढी संख्यामा नाम पठाएको, कतिपय सन्दर्भमा संगठन पद्धतिभन्दा बाहिर गई सिफारिस गरेको भन्दै बैठकमा नेताहरूले असन्तुष्टि पोखेका थिए ।

 

प्रकाशित : आश्विन २७, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?