१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तोकिएकै मितिमा निर्वाचन गर्न पत्रकार महासंघको आग्रह

नगेन्द्र अधिकारी

काभ्रे — नेपाल पत्रकार महासंघले संक्रमणकालीन राजनीतिको अन्त्य गर्दै संविधान कार्यान्वयन गर्न संघ र प्रदेशको निर्वाचन घोषित मितिमै सम्पन्न गर्न आग्रह गरेको छ । काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचन सम्पन्न गर्ने अवधिसम्म राजनीतिक दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयनमा अग्रसर हुन आग्रह गरेको महासचिव रमेश विष्टले जानकारी दिए ।

तोकिएकै मितिमा निर्वाचन गर्न पत्रकार महासंघको आग्रह

महासंघले केन्द्रीय आमसञ्चार प्रतिष्ठान चितवनमा र प्रदेश तीनको आमसञ्चार प्रशिक्षण केन्द्र काभ्रेमा बनाउने निर्णय गरेको छ । बैठकले आम पत्रकारको पेसागत हकहित र श्रम अधिकारको संरक्षण सम्वर्द्धनका लागि कानुनीलगायत सबै उपाय अबलम्बन गर्न प्रतिबद्धता व्यक्त गर्दै व्यावसायिक, जिम्मेवार र उत्तरदायीपूर्ण पत्रकारिताका लागि अविचलित रहने निर्णय गरेको छ । 

प्रकाशित : आश्विन २७, २०७४ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?