बाबुराम एक्लै चुनाव लड्ने

कान्तिपुर संवाददाता

काठमाडौं — वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको छ ।

बाबुराम एक्लै चुनाव लड्ने

वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ ।

गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै नयाँ शक्ति पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको छ ।

बैठकले संयोजक बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ । माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने अडान लिएपछि भट्टराई एक्लै चुनाव लड्ने निर्णयमा पुगेका हुन् । निर्णयअनुसार भट्टराई गोरखा– २, कृष्णकुमार चौधरी कैलाली– ३, दानबहादुर चौधरी कपिलवस्तु– १, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनेछन् ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने, समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने । उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णय गरेको छ ।

प्रेस–वक्तव्य

आज नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठक बस्यो । बैठकले गरेका निर्णयहरु जानकारीका लागि यो वक्तव्य जारी गरिएको छ:

बैठकका निर्णयहरु:

१. गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।

२. संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने । यसअघि नै निर्णय भइसकेका निम्न क्षेत्रहरुमा भने पूर्ववत् निर्णय अनुसार नै उम्मेद्वारी दिने:

१. डा. बाबुराम भट्टराई – गोरखा–२
२. कृष्णकुमार चौधरी – कैलाली–३
३. दानबहादुर चौधरी – कपिलबस्तु–१
४. प्रेम तामाङ – रसुवा
५. मदन राई – खोटाङ

३. समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने ।

४. उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने ।

– केन्द्रीय कार्यालय
नयाँ शक्ति पार्टी, नेपाल

प्रकाशित : आश्विन २७, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?