कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सत्तारुढ दललाई ‘खञ्चुवा छाप’: ओली

कान्तिपुर संवाददाता

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई जनताले चुनावमा हराउने दाबी गरेका छन् ।

काठमाडौंमा शनिबार बद्रिप्रसाद न्यौपाने नेतृत्वको चुरेभावर राष्ट्रिय एकता पार्टीसँगको एकीकरण कार्यक्रममा ओलीले वर्तमान सरकारलाई खञ्चुवाको संज्ञा दिंदै उनीहरु चुनाव हार्ने बताएका हुन् ।

सत्तारुढ दललाई ‘खञ्चुवा छाप’: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई जनताले चुनावमा हराउने दाबी गरेका छन् ।

काठमाडौंमा शनिबार बद्रिप्रसाद न्यौपाने नेतृत्वको चुरेभावर राष्ट्रिय एकता पार्टीसँगको एकीकरण कार्यक्रममा ओलीले वर्तमान सरकारलाई खञ्चुवाको संज्ञा दिंदै उनीहरु चुनाव हार्ने बताएका हुन् । ‘उनीहरुले नै बेकामे मन्त्री भनका छन्, तोकेकै छ, विभाविभागीय । तनखा दिनका लागि, गाडी पाउनका लागि मन्त्री बनाइएको छ,’ उनले भने, ‘खञ्चुवाहरुले भोट पाउलान् भन्ने सोचेका होलान्, जनताले उनीहरुलाई खञ्चुवा छाप लगाएर पठाउँछन् ।’

विदेशमा चुनावमा चुस्त मन्त्रीमण्डल बन्ने गरेको उदाहरण दिंदै ओलीले नेपालमा लाचै पचाएर ६४ सदस्यीय सरकार बनाएको बताए । ‘अरु देशमा चुनाव गराउने बेला भएका मन्त्रीले राजीनामा दिन्छन्, चुस्त सानो सरकार बन्छ, चुनाव लड्न मन्त्रीले पद छाड्छन्,’ उनले भने, ‘हाम्रोमा खानका लागि ६४ सदस्यीय मन्त्रीमण्डल बनाइएको छ । खान पल्केकाहरु, लाजसरम छैन, चुनाव आइसक्यो, भोलि मनोनयन छ, अहिले शपथ गराउनुपर्‍यो, शपथ गराउनुपर्‍यो भनिरहेका छन् ।’

ओलीले कांग्रेसप्रति केन्द्रित गर्दै चुनावमा उक्त दलले भोट नपाउने बताए । ‘अब तपाईंको पसिनाको थोपा खेर जाँदैन, तपाईंको पसिना धोद्रो लागेको बुढो भएको, पात झरेको, ढल्न लागेको रुखको जरामा पर्दैन,’ उनले भने ।

देश बनाउँछु भन्नेहरु, लोकतन्त्र, राष्ट्रको लागि समृद्धिका लागि लड्नेहरु एमालेसँग आएको ओलीको दाबी थियो ।

प्रकाशित : आश्विन २८, २०७४ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?