कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकताको घोषणा हुँदै

फोरम नेता चौधरी भन्छन्, 'एकताको कुरो टुंगिएको छैन'
कुलचन्द्र न्यौपाने

काठमाडौं — नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुँदैछ । आज साँझ साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टी एकता घोषणा हुने कार्यक्रम रहेको प्रधानमन्त्री तथा का‌ंग्रेस सभापति शेरबादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

कांग्रेस र लोकतान्त्रिक फोरमबीच एकताको घोषणा हुँदै

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुँदैछ । आज साँझ साढे ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टी एकता घोषणा हुने भनिए पनि निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुनाउन कार्य केही ढिलाइ भइरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । तर, लोकतान्त्रिक फोरम नेता योगेन्द्र चौधरीले कांग्रेससँगको एकता विषय टुंगिन बाँकी रहेको बताएका छन् । कान्तिपुरसित कुरा गर्दै चौधरीले भने, 'कांग्रेस पार्टी एकता विषयमा पूर्ण गृहकार्यसहित नआएकोले कुरा मिलेको छैन, त्यसैले हामी समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोज जाँदैछौं ।'

यसअघि सोमबार नै हुने भनिएको पार्टी एकता आन्तरिक व्यवस्थापन नमिलेको कारण देखाउँदै रोकिएको थियो । लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टीका नेतालाई व्यवस्थापन गर्न माग गरेअनुसार प्रत्यक्ष र समानुपातिक सिट संख्या नमिलेका कारण पार्टी एकता रोकिएको थियो ।

प्रकाशित : आश्विन २९, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?