३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दैलेखमा दम्पतिको हत्या

ज्योती कटुवाल

दैलेख — भगवतिमाई गाउँपालिका वडा नं ७ बडाभैरवमा एक दम्पतिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । अन्दाजी ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमला सिंहको हत्या भएको हो ।

उक्त घटनामा मृतक जयबहादुर सिंहका १६ वर्षीय छोरा दीपक सिंह गम्भीर घाइते भएका छन् ।

घाइते भएका दीपकको धारिलो हतियारले घाँटी रेटिएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सरोज पौडेलले बताए । 

हत्यामा संलग्न रहेका स्थानीय २१ बर्षीया मनोज खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । हत्यामा संलग्न खड्काले छिमेकी घर जोडिएका सिंह दम्पतिलाई लेनदेनको विषयलाई लिएर आइतबार साँझ ७ बजे तिर धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा बयान दिएको प्रहरीले जनाएको छ । 

प्रकाशित : आश्विन ३०, २०७४ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?