१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

एक दशकपछि कांग्रेसमै फर्किए गच्छदार

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण
कान्तिपुर संवाददाता

काठमाडौं — मधेस आन्दोलनलगत्तै मधेसी जनाधिकारमा प्रवेश गर्नका लागि कांग्रेस छाडेका विजय गच्छदार १० वर्षपछि पुन: पुरानै पार्टी फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एकीकरण कार्यक्रममा बोल्दै उनले लोकतन्त्र जोगाउन कांग्रेससँग एकीकरण गरेको बताए ।

एक दशकपछि कांग्रेसमै फर्किए गच्छदार

आजैबाट उनले नेतृत्व गरिरहेको पार्टी नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ । हिजो हुने भनिएको एकीकरण कार्यक्रम समानुपातिक टिकट बाँडफाँडका कारण ढिलाई भएको हो ।

कांग्रेस स्रोतका अनुसार एकीकरणपछि गच्छदारलाई पार्टी पदाधिकारीमा मनोनित गर्ने तयारी छ । उनलाई कांग्रेसको उपसभापति वा महामन्त्रीमध्ये एकमा मनोनित गर्ने तयारी भएको सभापति देउवा निकट एक कांग्रेस नेताले बताए ।

फोरम लोकतान्त्रिकमा पछि मिसिएका केही नेताले भने कांग्रेससँगको एकीकरण अस्वीकार गरेका छन् ।

एकीकरण कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलसहित अन्य कांग्रेसी नेता तथा कार्यकर्ता र लोकतान्त्रिक फोरमका नेता कार्यकर्ता उपस्थित थिए ।

प्रकाशित : आश्विन ३०, २०७४ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?