१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बस आपसमा ठोकिँदा २ जनाको मृत्यु, ५ गम्भीर घाइते

मोहन बुढाऐर

डडेल्धुरा — भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ घोरणीमा दुई यात्रुबाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीमध्ये १५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा देहिमाण्डौँ बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका–१४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ ।

बस आपसमा ठोकिँदा २ जनाको मृत्यु, ५ गम्भीर घाइते

भिमदत्त राजमार्गको डोटी जोरायल गोगनपानी सडकखण्डमा बस आफसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दुई बस आपसमा ठोक्किँदा ठक्करबाट बैतडी दशरथ चन्द नगरपालिका-२ का द्रोपती भण्डारी र डडेल्धुरा पर्शुराम नगरपालिका-७का १४ वर्षे विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको छ । बसको अगाडि क्याविन सिटमा बसेका पाँचजना यात्रु गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको उपचार धनगढीस्थित सेती अञ्चल अस्पतालमा भइरहेको छ । समान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भएको थियो । दुवै बसका गरी ४३ जनालाई सामान्य चोट लागेको थियो ।

उग्रतार बस व्यवसायी समितिको ना ४ ख ६५५६ र महकाली यातायतको ना ५ख ६०८१ नम्बरको बस ठोक्किँदा दिउँसो १२ बजे ठोकिएको थियो । उग्रतारको बस डडेल्धुराबाट महेन्द्रनगरका लागि आउँदै थियो । महाकाली यातायातको बस महेन्द्रनगरबाट बैतडीका लागि जाँदै थियो । दुवै चालकको असावधानीको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ३१, २०७४ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?