निगमका कार्यकारी निर्देशक खड्कालाई सरुवा गर्न निर्वाचन आयोगले दियो सहमति

कान्तिपुर संवाददाता

काठमाडौं — निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरुवा गर्न अनुमति दिने निर्णय गरेको छ । आयोगले आपूर्ति मन्त्रालयले माग गरेअनुसार खड्काको सरुवा गर्न सहमति दिएको हो ।

निगमका कार्यकारी निर्देशक खड्कालाई सरुवा गर्न निर्वाचन आयोगले दियो सहमति

आपूर्ति मन्त्रालयले असोज २६ गते निर्वाचन आयोगलाई पत्र लेखी निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रालय झिकाई काममा लगाउन आयोगसंग सहमति मागेको थियो ।

आयोगको सोमबार बसेको निर्वाचन आचारसंहिता सम्बन्धी बैठकले मन्त्रायललाई यस्तो अनुमति दिने निर्णय गरेको हो ।

निगमको जग्गा खरिदको क्रममा भ्रष्टाचार गरेको भन्दै मन्त्रिपरिषद्को बैठकले असोज २ गते उनलाई पदबाट बर्खास्त गरेको थियो । लगत्तै सर्वोच्च अदालतको आदेशअनुसार उनी पदमा बहाल भएका थिए ।

प्रकाशित : आश्विन ३१, २०७४ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?