धादिङको कपास उद्योगमा आगलागी

कान्तिपुर संवाददाता

धादिङ — नेत्रावती गाउँपालिका वडा नं ४ कटुन्जेका युद्धबहादुर वरवतीले सञ्चालन गरेको धादिङ कपास प्रशोधन केन्द्रमा मंगलबार दिउँसो १ बजेतिर आगलागी हुँदा उद्योग पुरै जलेर नष्ट भएको छ ।

सदरमुकामस्थित एक कपास उद्योगमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ ।

घरमा खेर गएका पुराना कपडाहरु पेलेर नया शिरक डसना बनाउने उद्योग जिल्लामै नमुना उद्योगको रुपमा सञ्चालित थियो ।

आगलागी हुनसाथ  स्थानीय, प्रहरी र नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरेपनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा पुरै क्षति भएको हो ।

आगलागीको हुनुको कुनै ठोस कारण फेला नपरेपनि प्रहरीले भने उद्योगमा रहेको बिद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताएको छ । आगोलागीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

 

प्रकाशित : आश्विन ३१, २०७४ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?