कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘तालमेल हुन सक्छ’

कान्तिपुर संवाददाता

बिराटनगर — संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनमा कांग्रेससँग तालमेल हुनसक्ने बताएका छन् ।

पार्टीको कार्यक्रममा मोरङ, सुनसरी हुँदै मंगलबार जनकपुर पुगेका यादवले फोनमा भने, ‘कांग्रेससँग तालमेल गरेर जानेबारे छलफल भइरहेको छ । समानुपातिकतर्फको नामावाली बुझाउनुपरेकाले केही अलमल भएको हो । छलफल अब चाँडै अघि बढ्छ ।’

उनले आफू उम्मेदवार हुने क्षेत्रबारे निर्णय लिन बाँकी रहेको बताए । ‘मोरङ, सप्तरी र सुनसरी जिल्लाबाट उम्मेदवार बन्न कार्यकर्ताको दबाब छ,’ उनले भने, ‘निर्णय गर्न बाँकी छ ।’ कांग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाटै निर्वाचन लड्ने भएकाले समीकरण भए यादव मोरङ ५ बाट उम्मेदवार बन्ने सम्भावना पनि उत्तिकै छ । कार्की सुनसरी ४ बाट निर्वाचन लड्ने पक्का भएको सुनसरी कांग्रेस सभापति राजीव कोइरालाले बताए ।

निर्वाचनमा तालमेल गरेका एमाले र माओवादी केन्द्रले भने मोरङमा ४ र २ निर्वाचन क्षेत्र बाँड्ने भएका छन् । माओवादीको भागमा क्षेत्र १ र ५ परेको छ । माओवादीका तर्फबाट क्षेत्र १ मा कुशल लिम्बू र ५ मा शिवकुमार मण्डल उम्मेदवार हुँदैछन् । एमालेका तर्फबाट क्षेत्र २ मा ऋषिकेश पोखरेल, ३ मा केन्द्रीय नेता भानुभक्त ढकाल र क्षेत्र नम्बर ४ मा महेश रेग्मीको सम्भावना छ ।

प्रकाशित : कार्तिक १, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?