कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चुनाव सार्ने वा टार्ने विषयको एमालेले सशक्त विरोध गर्छ : महासचिव पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौं — नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताले प्रतिनिधि छान्ने चुनाव सार्ने वा टार्ने विषयको आफ्नो पार्टीले सशक्त प्रतिकार र विरोध गर्ने बताएका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा बुधबार आयोजित तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आगामी मंसिरमा तोकिएको केन्द्रीय संसद् र प्रदेशसभाको चुनाव सार्ने प्रयास भइरहेको भन्दै त्यसको विपक्षमा एमालेले आवाज उठाउने बताएका हुन् ।

चुनाव सार्ने वा टार्ने विषयको एमालेले सशक्त विरोध गर्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताले प्रतिनिधि छान्ने चुनाव सार्ने वा टार्ने विषयको आफ्नो पार्टीले सशक्त प्रतिकार र विरोध गर्ने बताएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा बुधबार आयोजित तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आगामी मंसिरमा तोकिएको केन्द्रीय संसद् र प्रदेशसभाको चुनाव सार्ने प्रयास भइरहेको भन्दै त्यसको विपक्षमा एमालेले आवाज उठाउने बताएका हुन् । ‘केन्द्रीय संसद् र प्रदेश चुनाव सार्न अनेक तानाबाना बुन्न थालिएको छ’ उनले भने ‘यो षड्यन्त्र हो, यसलाई हाम्रो पार्टीले सशक्त विरोध गरेर सफल हुन दिँदैन ।’

कांग्रेस नेतृत्वको सरकारले राज्य संयन्त्रहरुलाई प्रयोग गरेर निर्वाचन सार्ने प्रयत्न गरिरहेको दाबीसहित नेता पोखरेलले त्यो कोसिस आजै पनि प्रकट सक्ने आशंका गरे । चुनाव सार्ने षड्यन्त्र छोडेर विकास, समृद्धिका लागि नीति, योजना र कार्यक्रम बनाउनेतिर प्रतिस्पर्धा गर्न उनले कांग्रेसलगायत दलहरुलाई चुनौती पनि दिए ।

‘तत्काल चुनाव भएमा एमालेसँग हारिन्छ भन्ने कसैकसैमा डर पसेको जस्तो देखिन्छ’ कांग्रेसप्रति लक्षित गर्दै महासचिव पोखरेलले भने, ‘चुनावबाट भाग्ने, छलछाम गर्न खोजिनु जनताको चाहनाविरुद्ध हुन जान्छ ।’ उनले आगामी चुनावमा जनताको हित र पक्षमा काम गर्ने पार्टी र उम्मेदवारहरुलाई जिताउन पनि आग्रह गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर १० र २१ गतेका लागि निर्धारण गरिएको छ ।

प्रकाशित : कार्तिक १, २०७४ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?