कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राजपा कार्यालयमा महासचिवसहित नेताहरुको धर्ना, समानुपातिक सूची सच्याउन माग

कान्तिपुर संवाददाता

काठमाडौं — निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूची सच्याउन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा)का दुई महासचिवसहितका नेताहरुले बुधबारदेखि पार्टी कार्यालयमा धर्ना सुरु गरेका छन् ।

राजपा कार्यालयमा महासचिवसहित नेताहरुको धर्ना, समानुपातिक सूची सच्याउन माग

समानुपातिक सूचीमा पार्टीभित्रको मर्यादाक्रमअनुसार सच्याउन मागसहित महासचिव केशव झा, पेशल ढकाललगायत एक दर्जनको संख्यामा नेताहरु राजपा केन्द्रीय कार्यालय बबरमहलमा धर्नामा बसेका हुन् । कान्तिपुरसँग कुरा गर्दै महासचिव झाले पार्टी नेतृत्वले मनोमानी ढंगले समानुपातिक सूची तयार पारेकोले संशोधन नगरेसम्म धर्ना जारी राखिने बताए । उनले तिहारको भाइटीकाको दिनसम्म धर्ना दिँदा माग सम्बोधन नभए त्यसपछि रिले अनशन सुरु गरिने चेतावनी दिए ।


धर्नामा केन्द्रीय सदस्य बीपी यादव, दीपक झा, दीपेन्द्र अग्रवाल तथा विद्यार्थी र युवा संगठनका पदाधिकारीहरु सहभागी छन् । मध्यान्ह १२ बजे सुरु धर्ना दुई घण्टासम्म जारी रहने महासचिव झाले बताए । 

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका थिए । 

यस्ता छन् धर्नामा बसेकाहरुको माग   

प्रकाशित : कार्तिक १, २०७४ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?