१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

६ दिनका लागि रसुवागढी नाकामा आवतजावत रोकियो, केरुङका नेपाली फर्काइए

बलराम घिमिरे

रसुवा — चिनियाँ पक्षले रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाएका छन् । चिनको केरुङदेखि रसुवागढीसम्मको के ८१ र के ८७ सडक खण्ड मर्मत गर्नु पर्ने भएकाले मंगलबारदेखि ६ दिनका लागि आवतजावत गर्न रोक लगाएको जानकारी चिनियाँ अधिकारीले दिएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।

६ दिनका लागि रसुवागढी नाकामा आवतजावत रोकियो, केरुङका नेपाली फर्काइए

चिनियाँ पक्षले रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाएका छन् ।

चिनको केरुङदेखि रसुवागढीसम्मको के ८१ र के ८७ सडक खण्ड मर्मत गर्नु पर्ने भएकाले मंगलबारदेखि ६ दिनका लागि आवतजावत गर्न रोक लगाएको जानकारी चिनियाँ अधिकारीले दिएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए । उनका अनुसार १९औं चिनियाँ नेसनल कंग्रेसको सभा भएकाले अक्टोबर १७ देखि २२ सम्म रोक लागाइएको हो । तर, चिनियाँ पक्षले भने भारी वर्षा र ठूलो पहिरोका कारण सडक असुरक्षित भएको र मर्मतका लागि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने भएकाले रोक लगाएको बताएको छ ।

आवत जावतमा रोक लगाएको जानकारी केरुङ पोट एडमिनिस्ट्रेसन कमिटीबाट आएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन् । केरुङमा रहेका सम्पूर्ण नेपालीलाई नेपाल फर्काइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए ।

प्रकाशित : कार्तिक १, २०७४ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?