कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनाविभागीय मन्त्री शाही भन्छन्, ‘कात्तिक ५ गते सरकार छाड्छौं’

कान्तिपुर संवाददाता

काठमाडौं — बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही कार्तिक ५ गते सरकारबाट बाहिरिने जानकारी गराएका छन् ।
रिपोर्टर्स क्लब बुधबार गरेको साक्षात्कारमा मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको भन्दै कार्त्तिक ५ गते सरकारबाट हट्ने स्पष्ट पारेका हुन् ।

बिनाविभागीय मन्त्री शाही भन्छन्, ‘कात्तिक ५ गते सरकार छाड्छौं’

बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही कार्तिक ५ गते सरकारबाट बाहिरिने जानकारी गराएका छन् ।

रिपोर्टर्स क्लब बुधबार गरेको साक्षात्कारमा मन्त्री शाहीले आफूहरुलाई सरकारमै बसिरहने कुनै चाहना नरहेको भन्दै कार्त्तिक ५ गते सरकारबाट हट्ने स्पष्ट पारेका हुन् । 'प्रधानमन्त्रीले ठूलो गल्ती गर्नुभएको छ, संसद नभएको बेला र हामीले सरकारलाई दिएको समर्थन कायम राखेको बेलामा मन्त्रीहरु थप्नुभयो, मन्त्रीहरुका गाडीले काठमाडौंमा जाम हुने स्थिति भयो, हामीलाई एक मिनेट सरकारमा बस्ने रहर छैन्' उनले भने, 'हामी यही कार्तिक ५ गतेसम्म सरकारमा बस्छौं त्यसपछि सरकार छोड्छौं ।’

साक्षात्कारमा मन्त्री शाहीले प्रधानन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने संकेत देखाएको भन्दै आफूहरु मनोनयनको मितिसम्म सरकारमा बिनाविभागीएकै रुपमा भए पनि बस्ने स्पष्ट पारे । चुनावको सुनिश्चितताको लागि मात्रै सरकारमै बसिरहेको मन्त्री शाहीको दाबी छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले म‌ंगलबार नै राजीनामा दिने तयारी गरेका थिए । तर, दिउँसो एक्कासी सरकारले चुनाव सार्न लागेको निर्वाचन आयोगबाट गोप्य सूचना पाएको भन्दै सरकारबाट बाहिरिने निर्णयबाट माओवादी पछि हटेको थियो ।

तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगरे र चुनाव सार्ने रणनीतिमा लागेको खण्डमा सरकार र सडकबाट आन्दोलन थाल्ने उनले चेतावनी दिए ।

मन्त्री शाहीले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन राजनीतिक स्थिरताको लागि भएको समेत दाबी गरे । वाम एकताको कुराबाट देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको टिप्पणी गर्दै उनले भने,‘वाम एकताको नाममा देशलाई स्थिरता र समृद्धितर्फ लैजान नदिने देशी तथा विदेशी शक्तिहरुको निद्रा भंग भएको छ, उहाँ सुते पनि नसुते पनि हाम्रो एकता मुलुकको लागि हो, लोकतन्त्रको लागि हो, कुनै छलकपट लुकाएर गर्न खोजिएको एकता होइन।’

तोकिएकै मितिमा चुनाव गर्न सरकारमा गएका हौं : मन्त्री गिरी

सोही कार्यक्रममा नवनियुक्त सहरी विकासमन्त्री दिलनाथ गिरीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुनिश्चितताको लागि नै राप्रपा सरकारमा सहभागी भएको बताएका छन् । ‘चुनाव हुन्छ, सरकार यसको लागि पुरै प्रयत्नशील छ, सरकार त्यसैको लागि बनेको हो, हाम्रो मुख्य दायित्व भनेकै समयमै बाँकी निर्वाचन सम्पन्न गरेर संविधान सफल कार्यान्वयन गर्नु हो’उनले भने,‘चुनाव सर्दैछ भनेर हल्ला फिँजाइएको छ, तर म विश्वस्त दिलाउँछु तोकिएकै मितिमा चुनाव हुन्छ, कसैले शंका गर्नु हुँदैन ।'

प्रकाशित : कार्तिक १, २०७४ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?