१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानन्यायाधीश पराजुलीले भने, 'जनतालाई छिटो न्याय'

काशीराम डाँगी

रोल्पा — प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायलयले सर्वसाधारणलाई सेवा प्रदान गर्दा छिटो र विश्वासिलो प्रणाली थालिएको बताएका छन् । छिटो छरितो र सबैका लागि न्याय भन्ने भावनाअनुसार प्रतिबद्ध भएर न्यायलयले सेवाप्रवाह गरिरहेको उनले बताए ।

प्रधानन्यायाधीश पराजुलीले भने, 'जनतालाई छिटो न्याय'

‘न्यायलयलाई सबैको पहुँचमा पुर्‍याउनु अहिलेको चुनौती हो । यसैका लागि हामीले काम गरिरहेका छौं’नवनिर्मित रोल्पा जिल्ला अदालतको उद्घाटनपछि लिबाङमा बुधबार आयोजित सभामा बोल्दै प्रधानन्यायाधीश पराजुलीले भने, ‘न्यायप्रदान तथा प्रवाह गर्ने सिलसिलामा सर्वोच्च, उच्च एवं जिल्ला अदालत गरी तीन तहका न्यायालयले जनतालाई केन्द्रविन्दू बनाएर न्याय प्रदान गरिरहेका छन् ।’ उनले न्यायालयबाट निष्पक्ष तथा छिटो न्याय प्रदान गर्न दरिलो जनशक्ति तथा भौतिक संरचना हुनु आवश्यक भएको बताए ।

प्रधानन्यायाधीश पराजुलीले दुर्गम जिल्लाहरुमा न्यायलयको विश्वास वृद्धि गर्ने अभिप्रायले भौतिक संरचनाको विकास गर्न थालिएको बताए । प्रधानन्यायाधीश भएपछि पहिलो पटक रोल्पा आएका उनले आफ्नो ससुराली गाउँ आउन पाउँदा औधी खुसी लागेको बताए । ‘रोल्पा आउने पहिलेदेखिको चाहना थियो । तपाईहरुको माया पाएर मन रमाएको छ ।’पत्नी बसन्ताका साथ सैनिक हेकिप्टरमा रोल्पा आएका प्रधानन्यायाधीश पराजुली कर्णालीकै प्रशिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरीको दर्शन गर्न बुधबार बिहानै त्यहाँ पुगेका थिए । उनी त्यहाँबाट रोल्पा आएका हुन् । प्रधानन्यायाधीश पराजुलीको ससुराली गाउँ रोल्पाको त्रिवेणी गाउँपालिकास्थित जुगार गाउँमा हो ।

कार्यक्रममा रोल्पा जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठले तोकिएको भन्दा लामो समय लिएर ठेकेदारले भवन निर्माण गरेको बताए । करिब ४ करोडको लगानीमा निर्माण भएको ४ तले अदालत भवन सुविधा सम्पन्न छ । भवन उद्घाटन कार्यक्रममा प्रधानन्यायाधीशका साथमा सर्वोच्च, उच्च तथा छिमेकी जिल्लाका अदालतबाट न्यायाधीश समेत उपस्थित थिए । कार्यक्रममा न्याय परिषद्‍का पदाधिकारीको समेत उपस्थिति थियो ।

प्रकाशित : कार्तिक १, २०७४ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?