२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

डा. केसी र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, माग पूरा गर्ने प्रतिबद्धता

केसीले आजै अनसन तोड्ने
अतुल मिश्र

काठमाडौं — चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ औं पटक अनसनरत डा. गोविन्द केसी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच केहीबेर अघि टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीले टेलिफोन मार्फत डा. केसीको माग सम्बोधन गर्ने आश्वासन दिएपछि डा. केसीले आजै अनसन तोड्ने सम्भावना छ ।

डा. केसी र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, माग पूरा गर्ने प्रतिबद्धता

माथेमा आयोगको प्रतिवेदनको भावना अनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने माग राख्नै अनसनरत केसीले संसदको म्यान समाप्त भएपछि डा. केसीले अध्यादेशमार्फत विधेयक पास गर्न माग गरेका छन् । आज मन्त्रिपरिषद्को बैठक चलिरहँदा प्रधानमन्त्रीले डा. केसीसँग टेलिफोन वार्ता गरेका थिए । 

डा. केसीले १३ औं अनसन थालेको आज १४ दिन पुगेको छ । 

 

प्रकाशित : कार्तिक १, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?