कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

असनबाट प्रहरीले बरामद गर्‍यो २५ लाख बराबरको पटाका

पानी हालेर गरियो नष्ट
कान्तिपुर संवाददाता

काठमाडौं — महानगरिय प्रहरी वृत्त (जनसेवा) बिशालनगरले काठमाडौंका असन गल्लीमा सञ्चालित एक पसलमा छापा मारी ठूलो परिमाणमा पटाका बरामद गरेको छ ।

 असनबाट प्रहरीले बरामद गर्‍यो २५ लाख बराबरको पटाका

वृत्तका डीएसपी मोहन थापाका अनुसार बरामद गरिएको पटाकाको बजार मूल्य करिब २५ लाख रुपैयाँ बराबरको छ ।

वृत्तबाट खटिएको टोलीले मंगलबार राति पटाका बरामद गरेको हो । 

बरामद गरिएको पटाका महानगरिय प्रहरी परिसर टेकुले बुधबार पानी हालेर नष्ट गरेको छ । असनमा पसल सञ्चालन गरी पटाका बिक्री गर्ने सिन्धुपाल्चोकका अमृत चौलागाईलाई पनि नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।

उनका अनुसार चौलागाईंका विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइनेछ ।

 

प्रकाशित : कार्तिक १, २०७४ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?