डोटीमा बस दुर्घटना, ३ को मृत्यु, १८ घाइते

मोहन शाही

डोटी — डोटीको सबैभन्दा दुर्गम गाउँपालिका मानिने बड्डीकेदार गाउँपालिकाको सदरमुकाम खड्यौलीमा बिहीबार बस खस्दा तीन जनाको मृत्यु भएको छ । २१ जनालाई उपचारका लागि धनगढीतर्फ लगिएको छ ।

डोटीमा बस दुर्घटना, ३ को मृत्यु, १८ घाइते

मृत्यू हुनेमा बड्डीकेदार गाउँपालिका वडा नं. मान्नाकापडीका जगदीश चन्द, सोही गाउँकी ३५ वर्षीया निर्मला पुनमगर र ३ वर्षीया बालिका पुष्पाकुमारी जेठारा रहेका छन् । सुप यातायातको ना३ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिकाको अत्तरकाँडाबाट धनगढीतर्फ २४ जना यात्रु बोकेर फर्कंदै गर्दा खड्यौलीमा सडकबाट तल खसेको हो । बस सामान्य ठाउँबाट झण्डै डेढसय किलोमिटर तल खसेको प्रहरी उपरीक्षक मधुसुधन लुइँटेलले जानकारी दिए ।

बोगटान सडकका रुपमा चिनिने उक्त रुटमा वर्षात्‌का बेला सडक अवरुद्ध हुँदा गाउँपालिकाले दसैं अघिमात्र मर्मत गरी सञ्चालनमा ल्याइएको थियो ।

गत सोमबार मात्र डोटीको जोरायल गाउँपालिका वडा नं. १ गोगनपानीमा दुई यात्रुको मृत्यु भएको थियो । डडेल्धराका १४ वर्षीय बालक बिक्रम बोहरा र ६० वर्षीया वृद्धा बैतडीकी सरस्वती भण्डारीको मृत्यु भएको थियो । पाँचजना घाइते भएका थिए । डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र महाकाली यातायातको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको ना५ख ६०८१ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किएका थिए ।

प्रकाशित : कार्तिक २, २०७४ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?