कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

वाम गठबन्धनभित्र सिट बाँडफाँट अन्तिम चरणमा, माओवादीले ५६ सिट पाउने सम्भावना

कान्तिपुर संवाददाता

काठमाडौं — माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ । बुधबार सक्ने लक्ष्य भए पनि कतिपय निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुट्न सकेन । एमालेले स्थायी समिति बैठक बसी उम्मेदवारहरुको नाम छनौट गर्नेछ ।

वाम गठबन्धनभित्र सिट बाँडफाँट अन्तिम चरणमा, माओवादीले ५६ सिट पाउने सम्भावना

दुवै दलका नेता संलग्न कार्यदलको बिहीबार बसेको बैठकले निर्वाचन क्षेत्र बाँडफाँट अन्तिममा पुर्‍याएको एक नेताले जानकारी दिए । टुंगो लगाउन नसकेको क्षेत्रलाई कार्यदलले दुवै दलका अध्यक्ष रहेको संयोजन समितिलाई बुझाएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ती निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउनेछन् ।

केन्द्रमा कुल १६५ प्रत्यक्ष सिटमा कम्तीमा ५६ सिट माओवादी केन्द्रले पाउने सम्भावना रहेको नेताहरुले बताएका छन् । कार्यदलले प्रदेश नम्बर ७ मा भने केन्द्र र प्रदेशमा टुंगो लगाएका छन् । कार्यदलमा ढिलाई हुँदा बिहीबार बिहान बस्ने भनिएको स्थायी समिति बैठक साँझ सरेको थियो ।

प्रकाशित : कार्तिक २, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?