घलेम्दी हाइड्रोको कार्यालयमा आगलागी

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीस्थित घलेम्दी जलविद्युत आयोजनाको कार्यालयमा आगलागी भएको छ । बेनी नगरपालिका-८ स्थित म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तल्लामा रहेको कार्यालयमा विद्युत सर्ट भै आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

घलेम्दी हाइड्रोको कार्यालयमा आगलागी

सदरमुकाम बेनीस्थित घलेम्दी जलविद्युत आयोजनाको कार्यालयमा आगलागी भएको छ ।

बेनी नगरपालिका-८ स्थित म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयको दोस्रो तल्लामा रहेको कार्यालयमा विद्युत सर्ट भै आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट कार्यालयका कागजपत्र, अभिलेख, फर्नीचर मात्र जलेका छन् । कार्यालय बिदाको समयमा बन्द कोठाबाट गन्ध आएपछि खोलेर हेर्दा आगलागी भएको पत्ता लागेको भनिएकोले नियोजित रुपमा आगलागी गरिएको आशंका गरिएको छ ।

‘विद्युत सर्ट भै आगलागी भएको प्रारम्भिक अनुमान गरेका छौं,’ प्रहरी निरीक्षक सन्तोष रोकाले भने, ‘कार्यालयको कागजात मात्र बढी जलेकोले थप अनुसन्धान भइरहेको छ ।’

अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ्ग स्थित घलेम्दी खोलामा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको कार्यालय सदरमुकाम बेनीमा छ ।

प्रकाशित : कार्तिक ४, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?