काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो, युवती रक्षाको लागि गोली प्रहार !

काठमाडौं — राजधानीको म्हेपीमा आइतबार बिहान गोली चलेको छ । आज बिहान करिव साढे तीन, पौने चारबजेको बीचमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

काठमाडौंको म्हेपीमा बिहानै गोली चल्यो, युवती रक्षाको लागि गोली प्रहार !

बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो ।

गोली गुरुङको घुँडा मुनि लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । उनले भने, 'घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौं ।'

प्रहरीले गोली प्रहार गरेको अभियोगमा ५ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुलाई लैनचौरको कस्टडीमा राखिएको छ ।

यसकारण चल्यो गोली

ठमेलको सिएनआइ क्लब राति अबेरसम्म खुल्लै थियो । क्लबमा रमाइलो गरिसकेपछि एउटा गाडीमा दुइजना युवती र एक युवक निस्किए । क्लबबाट निस्केपछि तीनवटा स्कुटीमा ६ जना युवाले गाडी पच्छ्याउन सुरु गरे ।

गाडी अघि बढ्दै थियो । लैनचौर चोकमा आएपछि स्कुटीमा आएका युवाले गाडी रोक्ने प्रयास गरे । गाडी म्हेपी जाँदै थियो । गाडी भित्र रहेकामध्येकी एकजना सबिना क्षत्रीले गाडी चालकलाई 'केटा'हरुले आफूलाई पच्छ्याएको बताइन् । त्यसपछि गाडी चालकले सिसा खोलेर फायर (सुट) गरे । रातको समय फायर गर्दा रानीबारीमा २८ वर्षीय कल्याण गुरुङलाई लाग्न पुग्यो ।

प्रहरीका अनुसार गोलीले घुँडानेरको छाला छेडेर गोली निस्किएको छ ।

प्रहरीले गोली प्रहार गर्ने गाडी चालक पहिचान भइसकेको अब पक्रन मात्रै बाँकी रहेको जनाएको छ । प्रहरीले सबिना क्षत्री सहित अरु चारजना युवालाई पक्राउ गरेको छ।

प्रकाशित : कार्तिक ५, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?