एमालेको असन्तुष्टिपछि हुम्ला र जाजरकोटको उम्मेदवारी हेरफेर

प्रदेश ६ मा को–को उठ्दैछन् ?
जनक नेपाल

नेपालगन्ज — एमाले स्थानीय कमिटीको व्यापक असन्तुष्टिपछि बाम गठबन्धनले हुम्ला र जाजरकोटको प्रदेशसभा उम्मेदवारी हेरफेर गरेको छ ।

गठबन्धन दलहरुका स्थानीय असन्तुष्टिले चुनावी परिणाममै फरक पार्ने स्थिती देखेपछि बाम गठबन्धनका मुख्य पार्टीहरु एमाले र माओवादी केन्द्रले हुम्ला र जाजरकोटका प्रदेशसभा सीट साटेका हुन् ।

एमालेको असन्तुष्टिपछि हुम्ला र जाजरकोटको उम्मेदवारी हेरफेर

एमाले स्थानीय कमिटीको व्यापक असन्तुष्टिपछि बाम गठबन्धनले हुम्ला र जाजरकोटको प्रदेशसभा उम्मेदवारी हेरफेर गरेको छ ।

गठबन्धन दलहरुका स्थानीय असन्तुष्टिले चुनावी परिणाममै फरक पार्ने स्थिती देखेपछि बाम गठबन्धनका मुख्य पार्टीहरु एमाले र माओवादी केन्द्रले हुम्ला र जाजरकोटका प्रदेशसभा सीट साटेका हुन् । हुम्ला (क)बाट एमाले जिल्ला अध्यक्ष दल रावल प्रदेशसभा सदस्यमा उम्मेदवार भएका छन् । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर उम्मेदवारी दर्ता गर्न भन्नुभएको छ,’ एमाले हुम्ला अध्यक्ष रावलले भने,–‘माओवादीलाई पनि पार्टी तहबाट जानकारी आएको छ ।’ सबै जिल्लामा दुबै पार्टीको उम्मेदवारी रहे मात्र गठबन्धनलाई चुनाव जित्न सजिलो हुनेभन्दै आफूहरुले असन्तुष्टि जनाएको र अहिले सम्बोधन भएकोभन्दै खुशी व्यक्त गरे ।

एमालेको भागमा परेको जाजरकोट (ख) माओवादी केन्द्रले पाएको छ । हुम्लामा माओवादीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका दुई वटै क्षेत्रमा उम्मेदवारी पाउने सहमतिपछि एमाले जिल्ला कमिटीले असन्तुष्टि जनाएको थियो । त्यस्तै, जाजरकोटमा प्रतिनिधीसभामा माओवादी र प्रदेशसभामा दुई वटै क्षेत्र एमालेले पाउने निर्णय भएको थियो ।

प्रदेश ६ मा को–को उठ्दैछन् ?
मंसिर १० गते हुने निर्वाचनका लागि प्रदेश ६ का १० जिल्लामध्ये ७ जिल्लामा आइतबार मनोनयन हुँदैछ । तीमध्ये एमालेले डोल्पा र मुगुमा मात्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिंदैछ । डोल्पाबाट निवर्तमान सांसद धनबहादुर बुढा पुन: उठ्दैछन् । त्यस्तै, मुगुमा एमालेले गोपाल बमलाई उम्मेदवार बनाएको छ । प्रदेशसभातर्फ डोल्पा (क) मा नन्दसिंह बुढा, मुगु क र ख मा क्रमश: दानसिंह परियार र चन्द्रबहादुर शाहीले उम्मेदवारी दिदैछन् । त्यस्तै, जुम्ला (ख) मा पदमबहादुर रोकाय, कालिकोट (क) मा कुर्मराज शाही, जाजरकोट (ख) मा करबिर शाहीले उम्मेदवारी दिदैछन् । पश्चिम रुकुम र हुम्लामा एमालेले कुनै पनि क्षेत्रमा उम्मेदवारी दिदैछैन ।

माओवादी केन्द्रले जाजरकोटमा शक्ति बस्नेत र पश्चिम रुकुमबाट जनार्दन शर्मालाई सांसदमा दोहोर्‍याउँदैछ । जुम्ला (क) बाट नरेश भण्डारी र कालिकोट (ख)बाट महेन्द्रबहादुर शाहीलाई उठाउँदैछ । त्यस्तै, रुकुम पश्चिम (क) बाट गोपाल शर्मा र (ख) बाट रातु कामी उठ्दैछन् भने डोल्पा (ख)मा वीरबहादुर शाहीले उम्मेदवारी पाएका छन् ।

कॉग्रेसले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि राजीवविक्रम शाहलाई दोहोर्‍याएर उम्मेदवारी दिएको छ । त्यस्तै, कालीकोटमा भूपेन्द्रजंग शाही, हुम्लामा मंगल शाही, जुम्लामा देवेन्द्र शाही, मुगुमा हस्तबहादुर मल्ल, डोल्पामा अंगद बूढा, रुकुम पश्चिममा वीरबहादुर ओलीले उम्मेदवारी दर्ता गर्दैछन् । निवर्तमान सांसद जीवनबहादुर शाही प्रदेशसभा सदस्यका लागि हुम्ला (ख) बाट उठ्दैछन् । हुम्ला (क) बाट ठानबहादुर रोकाया उम्मेदवारी दिदैछन् भने जाजरकोट (क)बाट वेदराज सिंह र (ख) बाट दिपकजंग शाह उठ्दैछन् ।

प्रकाशित : कार्तिक ५, २०७४ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?