बाजुरामा कांग्रेस र वाम गठबन्धनको उम्मेदवारी दर्ता

अर्जुन शाह

बाजुरा — बाजुरमा वाम गठबन्धनको तर्फबाट एमालेले र कांग्रेसले एक्लै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दुबै पक्ष बाजागाजासहित सदरमुकाम परिक्रमा गरी जिल्ला विकास समितिको सभाकक्षमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउन पुगेका थिए ।

बाजुरामा कांग्रेस र वाम गठबन्धनको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति कविराज पण्डित र बाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट कांग्रेसको जनकराज गिरीले मनोनयन दर्ता गराएका छन् । बाम गठबन्धनका तर्फबाट एमाले सचिव समेत रहेका बल्देव रेग्मीले मनोनयन दर्ता गराए ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) मा कांग्रेसका पदमबहादुर शाही र बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य प्रकाश शाह रहेका छन् । बामगठबन्धन अन्तर्गत माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा एमालेलाई छाडेको छ ।

राप्रपा प्रजातान्त्रिकले पनि बाजुरमा मनोनयन दर्ता गराएको छ । प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर (क) बाट कान्त बहादुर शाही र (ख) क्षेत्रबाट बीरबहादुर हमालले मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधि सभाका लागि भने उसले उम्मेद्धवारी दर्ता गराएनन् ।

नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेद्धवारी मनोनयन गरेको छ । प्रतिनिधि सभाका लागि दिलिप शाहि र प्रदेश सभा क्षेत्र नं (क) का लागि नरेन्द्र विक कामी र (ख) मा सुर्जे चदाराले उम्मेदवारी दिएका छन् । त्यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट प्रकाश बिकले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७४ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?