कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एमाले उम्मेदवारद्वारा नाम फिर्ता, मनाङेलाई समर्थन

आश गुरुङ

लमजुङ — स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई समर्थन गर्दै एमाले उम्मेदवार खाण्डा लामा गुरुङले मनाङ प्रदेश (ख) बाट उम्मेदवारी फिर्ता लिएकी छन् । उनले आफ्नो समर्थन स्वतन्त्र उम्मेदवार राजीव गुरुङलाई नै रहेको बताएकी छन् ।

एमाले उम्मेदवारद्वारा नाम फिर्ता, मनाङेलाई समर्थन

मनाङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दीपक ढकालले एमाले उम्मेदवार लामाले उमेद्वारी फिर्ता लिएको पुष्टि गरिन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर बुधबार दिउँसो पौने १ बजे उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम काटेको थियो । तर, मनाङे नागरिकले आफूलाई जिताउने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उम्मेदवार राजीव गुरुङले पार्टीका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी समर्थकले आफूलाई सघाउने र जित सुनिश्चित भएको दाबी गरे । ‘मेरो पारिवारिक भोट यसै छ । पार्टीका सबै तहतप्काले भोट दिएपछि मेरो जित सुनिश्चित छ’उनले भने । दुवैजना उठ्दा भोट बाँडिने भएकाले जित्न पनि आफू उठेको बताइन् । ‘सहरले सोंचेजस्तो यहाँ छैन । पार्टीले महिलालाई उठाए पनि भौगोलिक हिसाबले निकै गाह्रो छ । त्यसैले दिदीले फिर्ता लिनुभो’ उनले भने, ‘हामी सबै एउटै हौं । सबै मिलेर अघि बढ्ने हो ।’राजीव गुरुङ र खाण्डा लामा गुरुङको नाता दिदीभाइ पर्छ । उनका अनुसार माथिल्लो मनाङमा पार्टी नै भनेर लाग्ने मान्छे कम छन् । नातेदार बढी हुनेले नै चुनाव जित्छन् ।

खाण्डा लामा गुरुङले फिर्ता लिएसँगै अब मनाङ प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार कर्मा गुरुङको प्रतिस्पर्धा हुनेछ । केही साताअघि मात्रै राप्रपाका सबै सदस्यसहित एमाले प्रवेश गरेका उनले हिजोका राप्रपा, एमाले र परिवार सबैले सहयोग गर्ने भएकाले आफ्नो जितको विकल्प नभएको दाबी गरेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७४ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?