कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

संघीय समाजवादीले पनि भट्टराईलाई सघाउने

सुदीप कैनी

गोरखा — गोरखा क्षेत्र नम्बर २ का संघीय समाजबादी फोरमका उमेदवार सुकदेव तामाङले बुधबार आफ्नो उमेदवारी फिर्ता लिएका छन् । कांग्रेस र नयाँ शक्ति गठबन्धनका उमेदवार डा. बावुराम भट्टराईलाई समर्थन गर्दै उनले तामाङले आफ्नो नाम फिर्ता लिएका हुन् ।

संघीय समाजवादीले पनि भट्टराईलाई सघाउने

त्यस्तै राप्रपा प्रजातान्त्रिकबाट क्षेत्र नम्बर २ को प्रदेश (क) मा उमेदवार बनेका रुद्रराज पाण्डेले पनि उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत एकनारायण लम्सालले बताए । पाण्डेले नयाँ शक्तिबाट सोहि प्रदेशमा उमेदवार बनेका हरिशरण आचार्यलाई सघाउने छन् । उमेदवारी फिर्ता पछि क्षेत्र न‌ं. २ मा कांग्रेस–नयाँ शक्ति गठबन्धनसहित चार पार्टीको तालमेल भएको छ । राप्रपाले पनि सोहि गठबन्धनका उमेदवार भट्टराईलाई मतदान गर्ने जनाएको छ ।

गत स्थानीय तह चुनावमा समाजवादी फोरमको मशाल चिन्हमा नयाँ शक्तिले चुनाव लडेको थियो । क्षेत्र नम्बर २ मा फोरमको पाँच सय भन्दा बढी र प्रदेश (क) मा राप्रपा प्रजातान्त्रिकको पनि ५ सय भन्दा बढी मत रहेको अनुमान गरिएको छ । प्रतिनिधि र प्रदेशसभामा बामपन्थी गठबन्धनबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ र माओवादी नेतृ कमला नहर्की उमेदवार छन् ।

प्रकाशित : कार्तिक ८, २०७४ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?