काठमाडौंमा छठ : रानीपोखरी नबन्दा कमलपोखरीको भर

कान्तिपुर संवाददाता

काठमाडौं — मिथिलाञ्चलबासीको महान पर्व छठको अवसरमा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन हुनेछ ।

काठमाडौंमा छठ : रानीपोखरी नबन्दा कमलपोखरीको भर

पछिल्लो केही वर्षयता छठ नेपालको तराईं–मधेस क्षेत्रमा मात्रै नभएर काठमाडौंसहित अन्य स्थानमा पनि धुमसाथ मनाउन थालिएको छ । 

काठमाडौंमा हरेक वर्ष छठ मनाउनेको संख्या बढ्दो छ । कमलपोखरी, गोदावरीजस्ता जलाशययुक्त स्थानमा बढ्दो भीडले यसैको संकेत गर्छ । यो वर्ष काठमाडौंमा रानीपोखरी निर्माणाधीन भएकाले श्रद्धालुहरुले त्यहाँ छठ मनाउन पाएनन् । नत्र हरेक वर्ष छठको बेला रानीपोखरी आकर्षणको केन्द्र बन्थ्यो ।

काठमाडौंको कमलपोखरी र गोदाबरीस्थित बागमती नदीमा जम्मा भएका श्रद्धालुहरुले मनाएको छठ पर्वको केही तस्बिरहरु : 

तस्बिरहरु : कविन अधिकारी/इलिट जोशी

 

प्रकाशित : कार्तिक ९, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?